झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बालेनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी ओलीले मात्र ११ हजार ४२७ मत प्राप्त गरेका छन् । शाह र ओलीबीचको मतान्तर ३१ हजार ११६ पुगेको छ। झापा-५ मा हालसम्म ६५ हजार ३८ मतगणना भएको छ । अब ३८ हजार ५१७ मत गणना हुन बाँकी छ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ७ हजार १०७ मतका साथ तेस्रो स्थानमा...