कास्की १ मा रास्वपाका गनेस पौडेल विजयी

कास्की निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खड्कराज पौडेल (गनेस) प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । पौडेलले ३९ हजार ८६४ मत प्राप्त गरी जीत हासिल गरेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार तिलकबहादुर रानाभाटले  ११ हजार २१५ मत प्राप्त गरे ।  नेकपा (एमाले)का उम्मेदवार बैनबहादुर अधिकारीले १० हजार ४३७ मत प्राप्त गरेका छन् ।