नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अचुत्तम लामिछाने विजयी भएका छन् । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार ३२ हजार ५४ मतसहित लामिछाने विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदिश्वर नरसिंह केसीले १५ हजार ५०३ मत पाएका छन् । यहाँ तेस्रो स्थानमा रहेका एमालेका केशव राज पाण्डेले ८ हजार २८५ मत पाएका छन् । २०७९ मा भएको निर्वाचनमा यहाँबाट जगदिश्वरका दाजु अर्जुनरसिंह केसीले चुनाव जितेका थिए ।