नेकपा एमालेको ‘गढ’ मानिँदै आएको रूपन्देही क्षेत्र नम्बर २ बाट यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । प्रत्यक्षतर्फको मतगणनाको अन्तिम नतिजाअनुसार उनले राजनीतिक अनुभवी उम्मेदवार एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भारी मतान्तरले पारिजात गरेका हुन् । शनिबार बिहान आएको अन्तिम मत परिणामअनुसार खरेलले ५६ हजार ५५० मत ल्याएर विजयी हुँदा पौडेलले १२ हजार ८६१ मत मात्र प्राप्त गरे । फागुन २१ गते भएको निर्वाचनमा यहाँ&nbs...