गुल्मी क्षेत्र नम्बर २ मा एमाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोविन्द पन्थी विजयी भएका छन् । शनिबार बिहान आएको अन्तिम मतपरिणामअनुसार पन्थी ४९६ मत अन्तरले विजयी भएका हुन् । पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले १६ हजार ३८२ मत प्राप्त गरे । विष्ट यहीँ क्षेत्रबाट २०७०, २०७४ र २०७९ को चुनाव जितेर ह्याट्रिक गरेका थिए । कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४०५ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले ३ हजार ७९ मत प्राप्त गरेका छन् ।