युवा संघ नेपाल मदानेका अध्यक्ष भट्टराईले दिए राजीनामा

नेकपा एमालेको भातृ संगठन युवा संघ मदाने गाउँकमिटी अध्यक्ष दीपेन्द्र भट्टराईले राजीनामा दिएका छन् । उनले आफ्ना उमेदवार गोकर्ण विष्टलाई मदानेबाट सम्मानजनक मत दिलाउन नसकेको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामाको घोषणा गरेका हुन् । 'प्रिय मदाने बासी युवा दाजुभाइ तथा दिदीबहिनी अभिवादन । फागुन २१ गते सम्पन्न संसदीय निर्वाचनमा गुल्मी २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहनुभएका गोकर्ण विष्ट उपविजेता बन्नु भएको छ । यो सम्मानजनक मत प्रदान गर्नुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छ...