सबैभन्दा पहिला एक महिनाको चुनावी रिपोर्टिङका दौरान हामीसँग कुराकानी गर्नु हुने फरक जिल्ला र स्थानका हजारौं इमान्दार मतदाताप्रति हामी शिर झुकाएर हार्दिक नमन गर्न चाहन्छौं । अनि, आम मतदाताप्रति हृदयदेखि आभार व्यक्त गर्छौं, जसले नेपाली इतिहासका विभिन्न कालखण्डमा ‘रिभोलुसन बाइ ब्यालेट’ (मतमार्फत विद्रोह) गर्दै आउनुभएको छ । ‘होइन के जादु गर्यो हो केटाहरू तिमीहरूले यो चुनावमा ? धेरै कुरा मिलायौ त ? कसरी गर्छौ रिसर्च ? साँच्चिकै सुनामी आएजस्तो छ !’ २२ फागुन बिहानदेखि आएका फोन र म्यासेज यस्तै प्र...