झापा-५ मा बालेनको जीत पक्का, अब गणना हुन बाँकीभन्दा अग्रता धेरै

झापा-५ मा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को जीत निश्चित भएको छ । अब गणना हुन बाँकी मतभन्दा अग्रता धेरै भएपछि बालेनको जीत निश्चित भएको हो ।  हालसम्म गणना भएको ७५ हजार ३७७ मतमध्ये बालेनले ४७ हजार ७७९ मत पाएका छन् । दोस्रोमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले १२ हजार ६९९ मत पाएका छन् । ओली र बालेनबीचको अग्रता ३५ हजार ८० छ । झापा-५ मा अब ३० हजार ९९५ मत गन्न बाँकी छ ।  झापा-५ मा कूल एक लाख ६ हजार ३७२ मत खसेको थियो ।