इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङले ११ हजार मत कटाएका छन् । पछिल्लो विवरणअनुसार उनले ११ हजार २११ मत पाएका छन् । जारी मतगणनाअनुसार यहाँ श्रम संस्कृति पार्टी दोस्रो स्थानमा छ । माटो चुनाव चिह्नका सुदीप राईले १० हजार २८७ मत पाएका छन् । कांग्रेस उम्मेदवार भेषराज आचार्यले ६ हजार ६५ मत पाएका छन् । रास्वपा उम्मेदवार गोकुलबहादुर राईले २ हजार ७६१ मत पाएका छन् । हालसम्म यहाँ ३३ हजार २४५ मत गणना भइसकेको छ ।