गोरखा १ मा मतगणना शुरू

प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा मतगणना शुरू भएको छ । भौगोलिक विकटताका कारण मतपेटिका सङ्कलनमा ढिलाइ हुँदा मतदान सम्पन्न भएको दुई दिनपछि मात्रै यस क्षेत्रको मतगणना शुरू भएको हो । जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज मध्यान्ह १२ः३० बजेबाट मतगणना थालिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । मतगणनाका लागि तार जालीसहितको सुरक्षा व्यवस्था मिलाइएको छ । गोरखा–१ मा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा र...