सङ्खुवासभामा मतगणनाका शुरू

सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका शुरू भएको छ । जिल्ला समन्वय समितिको हलमा आज दिउँसो १ बजेदेखि मतगणनाका शुरू गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए । जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मतगणनाका शुरू गरिएको छ । दिउँसो १२ः१५ बजेदेखि शुरू हुने भनिएको गणना केही समय ढिला भएर थालिएको हो । दुर्गम तथा विकट मानिने भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रको मतपेटिका ढिला आइपुगेका कारण मतगणना आज मात्रै शुरू गरिएको मुख्य निर्व...