प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका हर्कराज राई (साम्पाङ)ले मतान्तर फराकिलो बनाएका छन् । राईले ९ हजार १३३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङले ७ हजार ४७२ मत प्राप्त गरेकी छिन् । साथै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले एक हजार ४८९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । यस निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र १ मा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको छ । यहाँ स्वतन्...