प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । शनिबार दिउँसो २ बजेसम्म एक सय ६५ मध्ये ५१ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । त्यसमध्ये ४० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जित हासिल गरिसकेको छ । ६ स्थानमा नेपाली कांग्रेस विजयी भएको छ । यसैगरी, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि दुई/दुई स्थानमा जित हासिल गरेका छन् । एक स्थानमा भने स्वतन्त्र उम्मेदवार (महावीर पुन) विजयी भएका छन् । हालसम्म घोषित अन्तिम परिणामलाई हेर्दा केही निर्वाचन क्षेत्रमा निकै रमाइलो दृश्य देख...