जाजरकोटमा नेपाली कांग्रेसमा उम्मेदवार खडकबहादुर बुढा निर्वाचित भएका छन् । उनले पूर्वमन्त्री एवं नेकपामा उम्मेदवार शक्तिबहादुर बस्नेतलाई हराउँदै जित दर्ता गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका बुढाले २० हजार १८२ मतसहित जित निकाले । नेकपाका बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे । तेस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत प्राप्त गरे । रास्वपाका राघव कार्कीले २४७१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।