नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का शक्तिबहादुर बस्नेतलाई पराजित गर्दै जाजरकोटमा नेपाली कांग्रेसका खडकबहादुर बुढा निर्वाचित भएका छन् । खडकको जितसँगै कांग्रेसले जाजरकोटमा लामो समयपछि ‘कमब्याक’ गरेको छ । अघिल्ला दुई निर्वाचनमा संघीय संसद्मा प्रत्यक्षतर्फ प्रतिनिधित्व गर्न नपाएको कांग्रेसले यसपटक जिल्लाबाट युवा नेता पाएको छ । खडकको जितसँगै नेकपा नेता बस्नेत १८ वर्षपछि संसद् बाहिर रहने भएका छन् । चौथो जितको खोजीमा रहेका शक्तिको विजयी यात्रामा खडकले ब्रेक लगाएका छन् । बस्ने यसअघि चारपटक मन्त्री भइसकेका...