चितवन ३ : रास्वपाकी सोविता गौतम ऐतिहासिक मतसहित विजयी

चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम विजयी बनेकी छिन् । गौतम ऐतिहासिक मतसहित निर्वाचित बनेकी हुन् । निर्वाचन आयोगको अन्तिम नतिजाअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गरिन् । यो हालसम्मकै उच्च मत हो । उनकी निकटतम प्रतिस्पर्धी नेकपा उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरिन् । रेनु र सोविताबीचको मतान्तर ३८ हजार ६६२ रहेको छ । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ८ हजार ३४४ मत प्राप्त गरे । एमाले उम्मेदवार शंकरराज थपलियाले ५ हजार ४ ...