प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४४ सीटमा जीत हासिल गरेको छ । अहिले पनि रास्वपा ७५ सीटमा अगाडि छ । जीत हासिल गर्ने उम्मेदवारमा रास्वपाका सभापति रवि लामिछानेदेखि उपसभापति डोर प्रसाद (डीपी) अर्यालसम्म छन् । रास्वपाकी नेता सोविता गौतम पनि ऐतिहासिक मतसहित निर्वाचित भएकी छन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पनि जीत सुनिश्चित भइसकेको छ । सूचीअनुसार चितवन-३ बाट सोविता गौतम, रुपन्देही – ३ बाट डा. लेखजंग थापा, रुपन्देही–२...