रौतहट क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका राजेशकुमार चौधरी निर्वाचित भएका छन् । चौधरीले २८ हजार ९४६ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक समेत रहेका नेपाल ७ हजार ६६८ मत ल्याएर चौथो स्थानमा सीमित बन्न पुगे । चौधरीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले १० हजार ६९३ मत र नेपाली कांग्रेसका अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याएका छन् । जनता समाजवादी पार्टी नेपालका योगेन्द्रराय यादवले ६ हजार ८४६ मत ल्याउँदा जनमत पार्टीका देवेन्द्र मिश्रले ८८१...