टोपबहादुरको ‘लालकिल्ला’मा रास्वपाको ‘घण्टी बज्यो’

अर्घाखाँचीमा कम्युनिस्टको लालकिल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि प्रसाद भुसाल विजयी भएका छन ।  हरिले नेकपा एमालेका पिताम्बर भुसाललाई १२ हजार ३७४ मतान्तरले पराजित गर्दै संसदीय यात्रा पक्का गरेका हुन् । हरि भुसालले ३५ हजार २३ मत ल्याउँदा एमालेका पिताम्बरले २२ हजार ६४९ मत मात्र ल्याउन सके ।  यस्तै, नेपाली कांग्रेसका विष्णु खनालले १८ हजार ९८३ मत ल्याए ।  यो क्षेत्रमा २०६४, २०७०, २०७४ र २०७९ का चार वटा निर्वाचन एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझीले जितेका थिए ।  राय...