कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्द ऐतिहासिक मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार चन्दले कूल ३१ हजार ९५३ मत प्राप्त गर्दै शानदार जित दर्ता गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरनारायण शाहलाई १९ हजार ९९५ मतको विशाल अन्तरले पराजित गरेका छन् । शाहले केवल ११ हजार ९५८ मत मात्र प्राप्त गरे । यसैगरी, प्रतिस्पर्धामा रहेका प्रेम बहादुर आलेले ७ हजार ७७६ मत र नेकपा...