प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामाकान्त चौरसियाले अग्रता फराकिलो बनाएका छन् । निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार कुल ४० हजार ७२० मत गणना हुँदा रास्वपाका चौरसियाले १७ हजार ३५२ मत प्राप्त गरेका हुन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले नौ हजार ५२४ प्राप्त गरेका छन् भने नेकपा (एमाले)का रुपेशकुमार पाण्डेले सात हजार ८४० मत ल्याएका हुन् । पर्सा क्षेत्र नम्बर ३ बाट २३ जनाले उम्मेदवारी दिएका थिए । यहाँ नौ जना स्वतन्त्र उ...