विराटनगरको सडक र गल्लीहरूमा झण्डै दुई दशकसम्म एउटी महिला निरन्तर कुदिरन्थिन् । कहिले कसैको घरमा पुगेर स्वास्थ्यको सल्लाह दिँदै, कहिले खोप अभियानमा बालबालिकालाई जोगाउँदै त कहिले बिरुवा रोप्दै । ती हुन् आशा झा । आज उनै आशा झाको परिचय फेरिएको छ । उनी अब केवल एउटा टोल वा नगरकी स्वास्थ्य स्वयंसेविका मात्र रहिनन्, मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बनेकी छन् । उनले ३० हजार ४३४ मत ल्याएर चुनाव जितेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट संसदीय यात्रा तय गरेकी आशाको यो यात्रा कुनै ...