राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानबहादुर शाही विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् । उनी लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । शनिबार दिउँसो आएको अन्तिम मतपरिणाम अनुसार शाहीले १४ हजार ८१६ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरे । नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत पाए । ४ हजार ५१८ मतसहित नेकपा एमालेका शान्तिलाल महत चौथो भए ।  प्रतिनिधिसभा निर्वाचन २०८२ मा रा...