सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रविन महतो निर्वाचित भएका छन् । उनले राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नेकपाका महिन्द्र राय यादवलाई पराजित गरेका हुन् । रविनले ४२ हजार ५१२ मत ल्याउँदा राजेन्द्र महतो चौथो स्थानमा छन् । महतोले ५ हजार ९९२ मत ल्याउँदा उनी भन्दा माथि नेपाली कांग्रेसका डा. सरोज कुमार छन् । उनले ७ हजार ३९ मत र नेपाली कम्युनिस्ट पार्टीका महिन्द्र राय यादवले ८ हजार ५२३ मत ल्याएका छन् ।