रूपन्देही १ : रास्वपा महामन्त्री लम्सालले कटाए ५० हजार मत, करिब ४० हजारको मतान्तर

रूपन्देही क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री सुनिल लम्साल ५० हजारभन्दा बढी मतसहित अग्रता लिएका छन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हिरा खत्रीले ११ हजार १२६ मत ल्याउँदा लम्सालले ५० हजार ९५५ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर करिब ४० हजार रहेको छ । यस्तै राप्रपाका प्रज्वल बोहराले ७ हजार ८९० मत ल्याएका छन् । यहाँ लम्सालको जित निश्चित भएको छ ।