भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत शनिबार प्रतिक्रिया दिँदै मोदीले नेपाली नागरिकले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुशी लागेको बताएका छन्। उनले यसलाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि र गर्वको क्षणको रूपमा उल्लेख गरेका छन् । प्रधानमन्त्री मोदीले भारतलाई नेपालको नजिकको मित्र र छिमेकी राष्ट्रको रूपमा उल्लेख गर्दै आगामी दिनमा नेपाली जनता तथा नयाँ सरकारसँग मिलेर शान्ति, प्रगति र...