सुर्खेत १ मा कांग्रेसका विष्णु खड्का विजयी

सुर्खेत १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्का विजयी भएका छन् । खड्काले नेकपा एमालेका ध्रुवकुमार शाहीलाई करिब ७ हजारको मतान्तर पछि पारेका हुन् । खड्काले कुल २६ हजार ८९७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी ध्रुवकुमार शाहीले १८ हजार ८९० मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरीले १४ हजार ७२९ मत प्राप्त गरेका थिए ।