झापा-५ मा बालेनले कटाए ६६ हजार मत, केहीबेरमा विजयी घोषणा हुने

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ का रास्वपा उम्मेदवार बालेन्द्र (बालेन) शाहले ६६ हजार मत कटाएका छन् । निर्वाचन आयोगले साँझसम्मको अपडेट राख्दै बालेनले ६६ हजार २०० मत पाएको जनाएको छ ।   बालेनका प्रतिस्पर्धी भनिएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले जम्मा १८ हजार ९५ मत पाएका छन् ।  रास्वपाले बालेनलाई चुनावअघि नै प्रधानमन्त्री बनाउने घोषणा गरिसकेको छ ।  निर्वाचन अधिकृतको कार्यालयले केहीबेरमै बालेनलाई विजयी घोषणा गरेर प्रमाणपत्र दिने तयारी गरेको छ ।  बालेनले पाएको यो मत नै अहिलेसम्...