दुई दिनअघि भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरेका थिए । त्यतिमा समिति नभएर ओलीले एमालेले भरसक बहुमत ल्याउने र कथम्कदाचित नल्याए प्रमुख पार्टीका रूपमा आउने दाबी गरेका थिए । तर‚ मतदाताले भने ओलीको उक्त कुरालाई ब्यालेटमार्फत् नराम्ररी असफल बनाइदिएका छन् । आफू प्रधानमन्त्री बन्ने दाबी गरिरहेका ओली आफैं चुनाव नजित्ने अवस्थामा पुगेका छन् । झापा ५ बाट उम्मेदवार रहेका ओ...