काभ्रे २ मा रास्वपाका भण्डारी विजयी

काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बदनकुमार भण्डारी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले भण्डारी ५३ हजार ३४४ मतसहित विजयी भएका जानकारी दिए । भण्डारी ३५ हजार ४७६ मत अन्तरले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अशोककुमार ब्याञ्जुले १३ हजार ९४० र नेपाली कम्युनिस्ट पार्टीका वसुन्धरा हुमागाईंले आठ हजार १०७ मत प्राप्त गरेका छन् । ...