नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह झापा ५ बाट विजयी भएका छन् । शनिबार साँझ सम्पन्न मतगणनामा बालेन ६८ हजार ३४८ मतसहित विजयी भएका हुन् । रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेका शाहसँग ओली फराकिलो मतान्तरले पराजित भएका हुन् । ओलीले १८ हजार ७३४ मत प्राप्त गरे । ओली पछिल्ला ३ वटा चुनावमा लगातार विजयी भएका थिए । नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले नगण्य मत पाएका छन् । पहिलो संसदीय चु...