मोरङ २ मा रास्वपाका कार्की निर्वाचित, कांग्रेसका मीनेन्द्र तेस्रो स्थानमा खुम्चिए

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण कुमार कार्की भारी मतान्तरले निर्वाचित भएका छन् ।  निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।  उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका दिलीप कुमार अग्रवाललाई २५ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन् । एमालेका अग्रवालले १५ हजार ६२४ मत प्राप्त गरे । पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता डा. मीनेन्द्र रिजाल यस...