झापा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय अनुसार पाठक ३८ हजार ६ सय ७४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई २१ हजार २ सय ९४ को फराकिलो मतान्तरले पराजित गरेका हुन् । अन्तिम मतपरिणामअनुसार राप्रपा अध्यक्ष लिङ्देनले १७ हजार २ सय ९४ मत प्राप्त गरेका छन् । झापा ५ मा पनि रास्वपाका बालेन शाह निर्वाचित भइसकेका छन् भने अन्य तीन क्षेत्रमा पनि रास्वपा...