रूपन्देही १ : रास्वपाका महामन्त्री लम्साल विजयी

रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री सुनिल लम्साल विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दै फराकिलो मतान्तरले जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिराबहादुर केसीले ११ हजार ९८२ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रज्ज्वल बोहराले ८ हजार ३०१ मत प्राप्त गर्दा नेकपा एमालेका दधीराम न्यौपानेले ७ हजार ४८८ मत पाएका छन् । यस निर्वाचन क्षेत्रमा कुल ९७ हजार २११ मत खसेको थियो ।