रोल्पाबाट नेकपाका वर्षमान पुन विजयी, १५ हजारमाथिको मतान्तर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता वर्षमान पुन विजयी भएका छन् । पुन रोल्पाबाट १५ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । उनले २७ हजार ४६० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदनकुमार ओलीले १२ हजार ८ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले १० हजार ८९४ र एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाए । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादीका चुडामणि ओलीले ३ हजार ७१४ मत पाउँदा अन्य कुनै पनि उमेदवारले १ हजार मत कटाउन सकेनन् ।