राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ बाट विजयी भएको प्रमाणपत्र बुझेका छन् । निर्वाचन अधिकृतको कार्यालयमा उनले शनिबार साँझ प्रमाणपत्र बुझेका हुन् । प्रमाणपत्र बुझ्दा उनको अनुहारमा मुस्कान देखिएको छ । बालेनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतले पराजित गरेका हुन् । शनिबार साँझ सम्पन्न मतगणनामा बालेन ६८ हजार ३४८ मत ल्याए । रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेका शाहसँग ओली फराकिलो मतान्तरले पराजित भएका हुन् । ओलीले १८ हजार ७३...