एमाले र कांग्रेसका किल्ला भत्काउँदै रुपन्देहीमा रास्वपाको ‘क्लिनस्विप’

एमाले र कांग्रेसका स्थापित ‘हेभिवेट’ नेताहरूको किल्ला भत्काउँदै रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिनस्विप’ गरेको छ ।  लुम्बिनी प्रदेशकै सबैभन्दा बढी ५ निर्वाचन क्षेत्र रहेको जिल्लाका पाँचवटै सीटमा भारी मतान्तरसहित रास्वपाले ‘कब्जा’ जमाएको हो ।  निर्वाचन कार्यालय रुपन्देहीका अनुसार शनिबार साँझ आएको ५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम अनुसार रास्वपाले शानदार जित निकालेको छ ।  रास्वपाप्रति आएको अभूतपूर्व लहरले रुपन्देहीमा नेकपा एमाले र नेपाली कां...