तनहुँ २ : रास्वपाका न्यौपाने साढे १८ हजार मतान्तरले विजयी

तनहुँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार श्रीराम न्यौपाने विजयी भएका छन् । आज साँझ सम्पन्न मतगणनाअनुसार ३२ हजार छ सय ८७ मत प्राप्त गरी न्यौपाने निर्वाचित कनेका हुन् । निर्वाचन अधिकृत भेषराज पौडेलका अनुसार प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर भण्डारीले १४ हजार एक सय ३४ प्राप्त गरेका छन् । यस्तै, नेकपा एमालेका केदार सिग्देलले ११ हजार छ सय ६८ र नेपाली कम्युनिस्ट पार्टीका सोमबहादुर थापाले एक हजार नौ सय ५३ मत प्राप्त गरे । यस क्षेत्रमा कुल एक लाख २७ हजार ५१५ मतदाता रहेकामा ६३ ह...