ओलीले भने- बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन (बालेन्द्र) शाहलाई ‘बाबु’ सम्बोधन गरेर बधाई दिएका छन् ।  उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !’ बालेनले शनिबार सम्पन्न मतगणनामा झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भारी मतले पराजित गरेका थिए ।  बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओल...