हुम्लामा नेपाली कांग्रेसका जयपति रोकाया ५७५ मतान्तरसहित अग्रस्थानमा छन् । हालसम्म छ वटा मतदान केन्द्रको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए । उनका अनुसार रोकायाले छ हजार ८५५ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार डा. दीपेन्द्र रोकायाले छ हजार २८० प्राप्त गरेका छन् । सिमकोटका पाँच वटा र नाम्खा गाउँपालिकाका १२ वटा मतदान केन्द्रको मतगणना गर्न बाँकी छ । नेकपा एमालेका उम्मेदवार दलबहादुर फडेराले तीन हजार ५८५, राष्ट्रिय स्वतन्त्र प...