पाल्पा-१ मा कांग्रेसका सन्दीप राना विजयी

पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सन्दीप राना निर्वाचित भएका छन् । उनले १८ हजार ३३६ मत ल्याएर जित हात पार्दा दोस्रोमा रहेका नेकपा एमालेका नारायण प्रसाद आचार्यले १६ हजार ८१९ मत ल्याए । यस्तै, तेस्रोमा रहेका रास्वपाका विमल पन्तले १४ हजार ३३३ र चौथोमा रहेका नेकपामा हुम बहादुर सुनारी मगरले ९४१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।  यससँगै प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसको जित संख्या ११ पुगेको छ ।