कम्युनिस्टहरूको सर्मनाक हार

पञ्चायतकालदेखि नै कम्युनिस्टहरूको अभेद्य किल्ला मानिएका भक्तपुरदेखि झापासम्ममा यसपटक रास्वपाले ऐतिहासिक जित निकाल्दै कम्युनिस्टहरूको लगभग पत्तासाफ गरिदिएको छ। नेतृत्वको दम्भ, भुइँमान्छेसँग टुटेको सम्बन्ध र सत्ताकेन्द्रित प्रवृत्तिले संसदीय इतिहासमै पहिलोपटक कम्युनिस्ट शक्ति यति ठूलो संकटमा धकेलिएको हो।