नवलपुर १ मा रास्वपाका गौतम निर्वाचित

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजन गौतम निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ५० हजार ९४५ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २९३ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का भागिरथ सापकोटाले नौ हजार १३१ र श्रम संस्कृति पार्टीका भीमचन्द्र गुरुङले एक हजार ७०२ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।