ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेबे विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ मा उनले १३ हजार ९६२ मतसहित जित हासिल गरेका हुन् । शनिबार राति सकिएको मतगणना अनुसार दोस्रोमा रहेका नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बुले ११ हजार ७११ मत ल्याए ।  निर्वाचन आयोगका अनुसार यहाँ नेकपाका खेल प्रसाद बुडाक्षेत्रीले ६ हजार ७७५ र श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ मत पाएका छन् ।  रास्वपाका वीरेन्द्र श्रेष्ठ भने ४ हजार १५५ मतसहित पाँचौं स्थानमा रहे ।  यससँगै एमालेले जितेको सीट...