चीनमा आन्तरिक पर्यटनले नयाँ कीर्तिमान कायम

चीनमा सन् २०२५ मा आन्तरिक पर्यटनले नयाँ कीर्तिमान कायम गरेको छ । चीनका संस्कृति तथा पर्यटन मन्त्री सुन ये लीले शनिबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए । उनका अनुसार चिनियाँ नागरिकहरूले गरेको आन्तरिक यात्रा सङ्ख्या र पर्यटन खर्च दुवै ऐतिहासिक उच्च स्तरमा पुगेका छन् । फेब्रुअरी १५ देखि २३ सम्म मनाइएको नौ दिने वसन्त चाड (स्प्रिङ फेस्टिभल) बिदाका क्रममा मात्रै चीनभर ५९ करोड ६० लाख आन्तरिक यात्रा गरिएको थियो । सो अवधिमा पर्यटन खर्च ८०० अर्ब युआनभन्दा बढी पुगेको बताइएको छ, जसले पर्यटन क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको मन्त्री ...