बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ । शनिबार राति १० बजेसम्म ९७ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ७७ स्थानमा विजयी हुँदा नेपाली कांग्रेस ११ स्थानमा विजयी भएको छ । यसैगरी नेकपा एमाले ४, नेपाली कम्युनिस्ट पार्टी ३ र राप्रपा १ स्थानमा विजयी भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार समेत म्याग्दीमा विजयी भएका छन् । हालसम्म रास्वपाको ४५, कांग्रेसको ७, एमालेको ८, नेकपाको ४ र अन्यको ३ स्थानमा अग्रता रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले प्...