गनेस पौडेल : साहित्यकारदेखि सांसदसम्म

साहित्यिक वृत्तमा परिचित नाम हो, गनेस पौडेल । खास नाम ‘खडगराज’ भए पनि उनलाई धेरैले गनेस भनेर चिन्छन् । उनी लेखक मात्र नभएर पठन संस्कृतिका प्रवर्द्धकसमेत हुन् । पौडेलको परिचय अब यत्तिमा मात्र सीमित रहेन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की–१ बाट विजयी भएसँगै अब उनको परिचयमा ‘सांसद्’ थपिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेल ३९ हजार ८८३ मतसहित विजयी भएका हुन् । पोखरामा बसेर साहित्य लेखन, पठन संस्कृतिको प्रवर्द्धनसँगै सामाजिक मुद्दामा पैरवी गर्दै आएका उनले अन्ततः आफूलाई राजनीतिमा...