प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङले अग्रता बनाएका छन् । हालसम्मको मतपरिणामअनुसार गुरुङले एक हजार ७३२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ८११ मत पाएका छन् । नेपाली कांग्रेसका प्रेमकुमार खत्री ८०८ मतसहित तेस्रो स्थानमा छन् । यस्तै, नेकपा (एमाले) का रामचन्द्र लामिछानेले १६६ मत पाएका छन् । त्यसैगरी उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरले १८, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का विष्णु प्रसाद ...