कञ्चनपुर–३ मा रास्वपाका महता विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मतसहित विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीका अनुसार उनले १७ हजार ६७५ मतान्तरले नेपाली कांग्रेसका हरिप्रसाद बोहरालाई पछि पार्दै विजयी भएका हुन् । कांग्रेसका उम्मेदवार बोहराले नौ हजार ४४३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दीपकप्रकाश भट्टले सात हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मानबहादुर सुनारले चार हजार २८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ...