सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेशअनुसारको सरकार शीघ्र गठन हुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा आज साँझ चाबहिल स्तूपामा जेनजी सहिदको सम्झनामा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले मुलुकमा सुशासन, स्थिरता र समृद्धिको चाहना राखेर जीवन उत्सर्ग गरेका सहिदको सपना पूरा गर्न शीघ्र सरकारको जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् । मन्त्री अर्यालले देशमा विद्यमान विकृतिका रूपमा रहेको भ्रष्टाचार, ढिलासुस्ती, बेरोजगारीलगायत समस्या समाधान गर्न नयाँ सरकारलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।...